ग्लोबलस्टार र स्पेसएक्सबीच समझदारी


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
ग्लोबलस्टार र स्पेसएक्सबीच समझदारी

एजेन्सी — एप्पलको लगानी रहेको अमेरिकी भूउपग्रह सञ्चार कम्पनी ग्लोबलस्टारले आईफोनको आपत्कालीन एसओएस सुविधाका लागि भूउपग्रह प्रक्षेपण गर्न स्पेसएक्ससँग साझेदारी गरेको छ । ग्लोबलस्टारले स्पेसएक्सलाई ६४ मिलियन डलर तिरेर सन् २०२५ भित्र आईफोनका लागि स्याटलाइट प्रक्षेपण खरिद गरेको हो ।

प्रक्षेपण शुल्कसहित नयाँ स्याटलाइटमा लाग्ने ९५ प्रतिशत खर्च एप्पलले बेहोर्ने सहमति भएको छ । एप्पलले ग्लोबलस्टारको ८५ प्रतिशत नेटवर्क क्षमता सेलुलर नेटवर्क उपलब्ध नभएका स्थानमा इमर्जेन्सी स्याटलाइट कनेक्टिभिटी उपलब्ध गराउन प्रयोग गर्नेछ । एप्पलले सन् २०२२ मा आईफोन १४ बाट इमर्जेन्सी स्याटलाइट नेटवर्क सुविधा समावेश गर्न थालेको हो । यसले सेलुलर र वाइफाई कभरेज नहुँदाको स्थितिमा टेक्स्ट म्यासेज पठाउने सुविधा दिन्छ । त्यसमार्फत प्रयोगकर्ताको ठेगाना र आपत्कालीन अवस्थामा उद्धारलाई आवश्यक केही छोटा प्रश्नोत्तर पठाउन सकिन्छ ।

Read More
  • MBL - below news
  • EBL Ad news