हिमालयन ८०-२० सामुहिक लगानी कोष योजनाको इकाईमा माग भन्दा १.०७६ गुणा बढीको आवेदन


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
हिमालयन ८०-२० सामुहिक लगानी कोष योजनाको इकाईमा माग भन्दा १.०७६ गुणा बढीको आवेदन

हिमालयन क्यापिटलले निष्काशन गरेको हिमालयन ८०-२० नामक सामुहिक लगानी कोष योजनाको इकाईमा माग भन्दा १.०७६ गुणा बढीको आवेदन परेको छ । केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) का अनुसार म्युचुअल फण्डको इकाईमा आवेदन दिने अन्तिम दिनसम्म माग भन्दा बढीको आवेदन परेको हो ।

आज शुक्रबार ५ बजेर ६ मिनेटसम्ममा  हिमालयन ८०-२० नामक सामुहिक लगानी कोष योजनाको इकाईमा ९ करोड १४ लाख ६१ हजार ८ सय २० इकाईको लागि आवेदन परेको हाे । क्यापिटलले ८ करोड ५० लाख इकाई सर्वसाधारणमा निष्काशन गरेको थियाे ।

म्युचुअल फण्डको इकाईमा ४ लाख ६१ हजार १४१ आवेदन परेकाे हाे भने आवेदनबाट १ कराेड ४६ लाख १८ हजार २०० रूपैयाँ संकलन भएकाे छ ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको थियाे। निष्काशन गरिएको कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा १ करोड ५० लाख इकाई कोष प्रबर्द्धक हिमालयन बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गरेको हो।

Read More
  • MBL - below news
  • EBL Ad news