सेयर बजार सम्बन्धी संस्थाहरुले डाटा समेटिएको एपीआई अब सोर्स कोडबाटै लिन सक्ने


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सेयर बजार सम्बन्धी संस्थाहरुले डाटा समेटिएको एपीआई अब सोर्स कोडबाटै लिन सक्ने

काठमाडौं : सूचना प्रविधि सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको ‘सोर्स कोड’ ले सेयर बजार सम्बन्धी संस्थाहरुलाई रियल टाइम डाटाको पहुँच प्रदान गर्न ‘मार्केट डाटा प्रोभाइडर (एमडीपी)’ को सुरुवात गरेको छ । संस्थाहरुले सोर्स कोडको डाटा बैंक एमडीपीबाट एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपीआई) मार्फत डाटा प्राप्त गर्न सक्छन् । 

सन् २०११ देखि नै फिनटेक सेवा दिँदै गर्दै आएको सोर्स कोडले नेप्सेबाट डाटा प्रदान गर्ने लाइसेन्स प्राप्त गरेको छ । सोर्स कोडले नेप्सेको लाइभ डाटाका साथै आफ्नो डाटा बैंकबाट म्युचुअल फण्ड, कर्पोरेट एक्सन, ब्रोकर फ्लोरसिट, लगानी अवसर, वित्तीय रिपोर्ट, अर्थिक विवरण लगायतका डाटा प्रदान गर्ने उल्लेख गरेको छ । 

Read More
  • MBL - below news
  • EBL Ad news