माछापुच्छ्रे बैंकले ल्यायो ‘प्रायोरिटी पास’ सुविधा, यस्ता छन् फाइदा


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
माछापुच्छ्रे बैंकले ल्यायो ‘प्रायोरिटी पास’ सुविधा, यस्ता छन् फाइदा

काठमाडौं । माछापुच्छ्रे  बैंकले ‘प्रायोरिटी’ एयरपोर्ट लाउन्ज पास सुविधा ल्याएको छ । जस अन्तर्गत ‘प्रायोरिटी’  एयरपोर्ट लाउन्ज पास धारकले विश्वको कुनै पनि एयरपोर्टबाट यात्रा गर्दा बिना झन्झट उक्त पासको प्रयोग गरि सरल र सहज तरिकाबाट ‘प्रायोरिटी’ लाउन्ज प्रिमियम सुविधाको लाभ उठाउन सक्नेछन् ।

यो ‘प्रायोरिटी पास’ सुविधा विश्वको सबैभन्दा ठूलो स्वतन्त्र एयरपोर्ट प्रिमियम लाउन्ज सुविधा हो । जस अन्तर्गत कोलिन्सन ग्रुप, युकेले व्यवस्थापन गरेको संसारभरका १४० भन्दा बढी देशका ६६० शहरहरुमा अवस्थीत एक हजार चार सय भन्दा बढी एयरपोर्टमा रहेका ‘एयरपोर्ट लाउन्ज’हरुमा प्रिमियम लाउन्जको सुविधा लिन सकिनेछ ।

Read More
  • MBL - below news
  • EBL Ad news