नवलपरासी । नेपालको सहकारी इतिहासमै पहिलो पटक विकू बचत तथा ऋण सहकारी संस्थाले विद्युतीय भुक्तानी प्रविधि पिओएस (प्वाइन्ट अफ सेल) मेसिन शुभारम्भ गरेको छ । उक्त मेसिनको अनावरण गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले गरेका हुन् ।
जुनसुकै बैंक तथा वित्तीय संस्थाको एटिएम कार्डबाट सो मेशिनमार्फत भुक्तानी गर्न सकिने विकू सहकारीका प्रमुख अधिकृत माधवप्रसाद पौडेलले जानकारी दिए । ३३औँ वार्षिकोत्सवका अवसरमा अमरापुरीमा आयोजित कार्यक्रममा पिओएस मेसिन विजयश्री उपभोक्ता सहकारीद्वारा सञ्चालित किसान मार्टका लागि हस्तान्तरण गरिएको थियो ।








