काठमाडौं । मोबाइलमार्फत बैंकिङ कारोबार गर्न तथा कारोबारको भुक्तानीमा सर्वसाधारणको आकर्षण बढेको छ । स्मार्टफोन तथा इन्टरनेटको बढ्दो पहुँच, बैंक, वित्तीय संस्था र विभिन्न वालेट कम्पनीको सेवा विस्तार तथा विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने सरकारी नीतिका कारण प्रयोगकर्ताको संख्यासँगै कारोबार रकम पनि बढ्दै गएको हो ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०८० असारमा मोबाइल बैंकिङमार्फत २ खर्ब ३३ अर्ब ४४ करोड रुपैयाँ, क्यूआरमार्फत ३० अर्ब १४ करोड रुपैयाँ तथा वालेटमार्फत २० अर्ब ३२ करोड रुपैयाँ कारोबार भएको छ । एक वर्षअघिको तुलनामा मोबाइल बैंकिङ कारोबार ४२ दशमलव ९९ प्रतिशतले वृद्धि हुँदा क्यूआर कोडमार्फतको भुक्तानी १०७ दशमलव ५४ र वालेटको १४ दशमलव ४९ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले बताएको छ । ...








