काठमाडौं : सन नेपाल लाइफ इन्सुरेन्सको आइपीओमा ४ अर्ब २६ करोड १९ लाख १९ हजार ७०० रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा आज अन्तिम दिन (भदौ ४ गते) साँझ ५ः०६ बजेसम्ममा १५ लाख ७७ हजार ७४४ जना सर्वसाधारण आवेदकहरुले १ करोड ७८ लाख ३२ हजार ३०० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि छुट्टाइएको ७६ लाख ८० हजार कित्ता सेयर भन्दा २.३२ गुणा बढी आवेदन हो ।

 
                                    





