काठमाडों । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताहरुलाई वित्तीय साक्षरता कक्षा संचालन गरिएको छ । ट्रष्ट टीम नेपालको परिकल्पना र माछापुच्छ्रे बैंक बिर्तामोड शाखासँगको सहकार्यमा कक्षा संचालन गरिएको हो ।
कार्यक्रममा माछापुच्छ्रे बैंकका बिर्तामोड शाखा प्रमुख हिमाल रिजाल र क्रेडिट अफिसर मनिष अधिकारीले सहजीकरण गरेका थिए । बैंकिङ्ग क्षेत्रमा प्रविधिको प्रयोगको साथै कमाई वृद्धिका लागि के कस्ता क्षेत्रमा लगानी गर्न सकिन्छ भन्ने बिषयमा कार्यक्रममा जानकारी दिइएको थियो ।








