सबैभन्दा बढी कर तिर्नेमा ग्लोबल आईएमई


  • KBL News Ad
  • ADBL
  • City Express
सबैभन्दा बढी कर तिर्नेमा ग्लोबल आईएमई

काठमाडौं  :  ‘बिग मर्जर’को सुरुवात गरेर सरकारको नीतिलाई साकार पार्न सहयोगी बनेको पहिलो आँटिलो अनि ठूलो बैंक हो,  ग्लोबल आईएमई। अहिले देशकै बलियो मात्रै होइन अग्रपंक्तिको वाणिज्य बैंकमा परिचित छ। 

बैंक तथा वित्तीय संस्थालाई गाभ्न ग्लोबल आईएमई पहिल्यैदेखि खप्पिस नै थियो। स्थापनाको करिब १७ वर्षको यात्रामा २१ बैंक तथा वित्तीय संस्था गाभेर देशको ठूलो वाणिज्य बैंकमा परिचित बन्न सफल भयो। यति धेरै बैंकलाई मर्जर तथा प्राप्ति गरेर सबैको शक्तिलाई एकीकृत पार्न सफल ग्लोवलले कुशल व्यवस्थापनलाई समेत स्थापित गरेको छ। बैंकले हरेक मर्जरको सरल र सहज व्यवस्थापन गर्दै उत्कृष्ट प्रदर्शन गरिरहेको बताएको छ। ‘मर्जरपछि अधिकांश बैंकले नकारात्मक प्रदर्शन गर्दा यो बैंकको सञ्चालक समिति तथा व्यवस्थापनले सहज रूपमा मर्जरलाई व्यवस्थापन गर्दै अधिकांश वित्तीय सूचकमा प्रतिस्पर्धी बैंकभन्दा राम्रो नतिजा ल्याएको छ,’ बैंकको भनाइ छ। यसकारण मर्जर व्यवस्थापनमा अब्बल भएको ग्लोबलको दाबी छ। 

Read More
  • EBL Ad news