काठमाडौं । हिमालय बैंकले इकाई म्युचुअल फन्ड बिक्री गर्ने भएको छ । बैंकले सर्वसाधारणमा १० करोड इकाई म्युचुअल फन्ड बिक्री गर्ने भएको हाे ।
बैंकले बिहीबारदेखि प्रतिइकाई १० रुपैयाँ दरका १० करोड इकाई ‘हिमालयन ८०–२९’ म्युचुअल फन्ड बिक्री गर्ने भएको छ ।
कूल निष्काशन इकाई मध्ये एक करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ (पन्ध्र) प्रतिशत इकाईहरु कोष प्रवद्र्घक हिमालयन बैंक लिमिटेडलाई सुरक्षित राखि बाँकी रहेको ८ करोड ५० लाख इकाईहरु स्वीकृत विवरण पुस्तिकाको शर्त अनुसार सार्वजनिक गरिने छ ।








