काठमाडौं : रिलायबल नेपाल लाइफ इन्सुरेन्सको आइपीओमा २ अर्ब ३८ करोड ४३ लाख ६३ हजार ७६० रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा आज (साउन २४ गते) साँझ ५ः०६ बजेसम्ममा ७ लाख ६२ हजार ५७३ जनाले ९२ लाख ७७ हजार ६८० कित्ताका लागि आवेदन दिएका छन् । सर्वसाधारण लगानीकर्ताले यसमा साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् ।
सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ ५ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीले मंगलबार (साउन २३ गते) देखि प्रतिकित्ता १५७ रुपैयाँ प्रिमियम थप गरेर २५७ रुपैयाँ दरमा १ करोड २० लाख कित्ता आइपीओ सर्वसाधारणमा ल्याएको हो । यस इन्सुरेन्सले आफ्नो जारी पुँजी ४ अर्ब रुपैयाँको ३०% ले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको हो ।








