काठमाडौं । पछिल्लो समय भकाभक मर्जरमा गएका बैंक तथा वित्तीय संस्थाहरुमा आन्तरिक किचलो देखिन थालेको छ । मर्जरमा गएका बैंकहरुबीच कर्मचारी समायोजन, मर्जरमा गएका बैंकका कर्मचारीबीचको असन्तुष्टी, हेपाह प्रवृत्तिका कारण मर्जरमा गएका बैंकहरुमा समस्या देखिन थालेको हो ।
यसैबीच तत्कालीन बैंक अफ काठमाण्डूलाई प्राप्ती गरेको ग्लोबल आईएमई बैंकमा पोष्ट मर्जरको प्रभाव देखिन थालेको छ । पोष्ट मर्जरकै प्रभावस्वरुप ग्लोबल आईएमई बैंकमा २८ जना कर्मचारीले स्वैच्छिक अवकाश (भिआरएस)का लागि आवेदन दिएका छन् । तत्कालीन बैंक अफ काठमाण्डूलाई प्राप्ती गरेपछि ग्लोबल आईएमई बैंकले पहिलो पटक स्वैच्छिक अवकाश योजना ल्याएको हो । बैंकले ल्याएको सो योजनाको म्याद साउन २२ गते सकिएको छ ।