२३ साउन, काठमाडौं । सरकारले मोबाइल डिभाइस म्यानेजमेन्ट प्रणाली (एमडीएमएस)मा मोबाइल फोन दर्ता गर्न पाउने समय साउन मसान्तसम्म लम्बाएको छ ।
अर्थ मन्त्रालयका अनुसार आर्थिक ऐन २०८० ले दिएको असार मसान्तसम्मको समयलाई एक महिना लम्बाएर साउन मसान्तसम्म पुर्याउने निर्णय भएको छ ।
नेपाल दूर सञ्चार प्राधिकरणले यस्तो प्रणाली कार्यान्वयनमा ल्याएको छ । यो प्रणालीमा विभिन्न कारणले दर्ता हुन नसकेका सेलुलर मोबाइललाई यो अवधिसम्म दर्ता गराउन सकिने गरी समय तोकिएको मन्त्रालयको सूचनामा उल्लेख छ ।








