बचत तथा ऋणको कारोबार गर्ने सहकारीलाई अबिलम्ब गोएएमएलमा दर्ता हुन विभागको निर्देशन


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
बचत तथा ऋणको कारोबार गर्ने सहकारीलाई अबिलम्ब गोएएमएलमा दर्ता हुन विभागको निर्देशन

काठमाडौँ । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूलाई अबिलम्ब गोएएमएलमा दर्ता हुन सहकारी विभागले निर्देशन दिएको छ । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ र सो अन्तर्गत बनेका नियमावलीको प्रभावकारी कार्यान्वयनका लागि विभागले सोमबार एक परिपत्र जारी गर्दै तत्काल गोएएमएलमा दर्ता हुन सहकारी संस्थालाई निर्देशन दिएको हो ।

हाल सहकारी संस्थालाई लक्षित गरेर सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशन, २०७४ कार्यान्वयनमा छ । उक्त निर्देशनको दफा १९ र १० मा सीमा कारोबार प्रतिवेदन र शङ्कास्पद कारोबार प्रतिवेदन तोकिएको ढाँचामा नेपाल राष्ट्र बैङ्कको वित्तीय जानकारी इकाई ९एफआईयू० मा पठाउनुपर्ने हुन्छ । यस अनुरूप प्रतिवेदन पठाउँदा १० करोड रुपैयाँभन्दा बढी रकम बचत वा पुँजी भएका बचत तथा ऋणको कार्य गर्ने सहकारी संस्थाहरूले गोएएमएल सिस्टममार्फत पठाउनुपर्ने ब्यबस्था रहेको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news