काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको आइपीओ भोलि बाँडफाँड हुने भएकाे छ । कम्पनीकाे आइपीओ भोलि साउन २२ गते सोमबार बिहान १० बजे बाँडफाँड हुने भएको हाे ।
कम्पनीले साउन १ गतेदेखि १५ गतेसम्म बैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आइपीओ निष्काशन गरेको थियो । उक्त आइपीओ प्रि अलोटमेन्ट सम्पन्न गरी भोलि बाँडफाँडको तयारी गरेको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गले जनाएको छ ।

 
                                    





