सन नेपाल लाइफ इन्स्योरेन्सले साउन १ गतेदेखि १५ गतेसम्म निष्काशन गरेको शेयर बाँडफाँट गर्ने तयारी गरेकाे छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गले अर्काे साता भित्रै आईपीओ बाँडफाँट गर्ने तयारी गरेको हो ।
कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि पहिलो चरणमा ९ लाख ६० हजार कित्ता शेयर प्रतिकित्ता १०० अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशनमा ल्याएको उक्त शेयर सोमबार बाँडफाँट गर्ने तयारी गरेको हो ।
पछिल्लो तथ्यांक अनुसार कम्पनीको आईपीओ २८ हजार ७४१ जनाले आवेदक ४३ करोड ४३ लाख ७० हजार ५५० रुपैयाँ बराबरको १८ लाख १७ हजार ४५० कित्ताका लागि आवेदन परेको थियो ।
यो कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको ९ लाख ६० हजार कित्ता शेयरको १.८९ गुणा बढी हो ।
कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोला प्रथा माध्यमबाट शेयर वितरण हुनेछ । त्यस अनुसार सबै आवेदकले न्युनतम ३० कित्ताका दरले शेयर पाउनेछ देखिन्छ ।

 
                                    





