काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका कर्मचारीहरूले तेस्रो चरणको आन्दोलन सुरु गरेका छन् । पहिलो र दोस्रो चरणको आन्दोलन पश्चात् पनि आफ्ना मागहरू पुरा नभएपछि तेस्रो चरणको आन्दोलन सुरु गरेको राष्ट्रिय बीमा कम्पनी संघले जनाएको छ ।
नेपाल वित्तीय संस्था कर्मचारी संघले पनि उक्त विरोध कार्यक्रममा ध्यानाकर्षण भएको भन्दै क्रियाशील युनियनहरूले पेश गरेका मागहरू यथाशीघ्र कार्यान्वयन गराउन माग गर्दै उक्त आन्दोलनमा ऐक्यबद्धता जनाएको छ ।
कर्मचारी सेवा, सर्तसम्बन्धी विनियमावली, २०७४ को पूर्ण कार्यान्वयन नभएको भन्दै कम्पनीका कर्मचारीहरु पुनः आन्दोलनमा उत्रिएका हुन्। गत असार ३१ गतेदेखि सुरु भएको आन्दोलनको पहिलो र दोस्रो चरणको आन्दोलनबाट कुनै टुंगो नलागेपछि कर्मचारीहरु तेस्रो चरणको आन्दोलनमा उत्रिएका छन्।

 
                                    





