सन नेपाल लाइफ इन्सुरेन्सको आइपीओ : अन्तिम दिनसम्ममा मागभन्दा १.८९ गुणा बढी आवेदन, कतिले भरे ?


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
सन नेपाल लाइफ इन्सुरेन्सको आइपीओ : अन्तिम दिनसम्ममा मागभन्दा १.८९ गुणा बढी आवेदन, कतिले भरे ?

काठमाडौं : सन नेपाल लाइफ इन्सुरेन्सको पनि आइपीओमा ४३ करोड ४३ लाख ७० हजार ५५० रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा आज अन्तिम दिन (साउन १५ गते) साँझ ५ः०५ बजेसम्ममा २८ हजार ७४१ जनाले १८ लाख १७ हजार ४५० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा १.८९ गुणा बढी आवेदन हो । 

सन नेपालले साउन १ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १३९ रुपैयाँ प्रिमियम थप गरेर २३९ रुपैयाँका दरले ९ लाख ६० हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमा आज साउन १५ गतेसम्म आवेदन दिन सक्ने ब्यवस्था रहेको थियो । 

Read More
  • EBL Ad news