हुलाक बचत बैंकका खाता र दायित्व वाणिज्य बैंकमा


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
हुलाक बचत बैंकका खाता र दायित्व वाणिज्य बैंकमा

काठमाडौं । चितवनस्थित हुलाक बचत बैंकको खाता राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गरिएको छ । आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटमार्फत सरकारले हुलाक बचत बैंक खारेज गर्ने व्यवस्था गरेसँगै त्यहाँको खाता हस्तान्तरण गरिएको हो । 


सोही व्यवस्थाअनुसार बैंकका खातावलाको कूल दायित्व र ऋणीको ऋण रकम हस्तान्तरण गरिएको जिल्ला हुलाक कार्यालयका हुलाक अधिकृत रमेश ज्ञवालीले जानकारी दिए । उनका अनुसार कर्मचारी र केही सङ्घ संस्थाले जिल्ला हुलाक कार्यालयअन्तर्गत बैंकिङ शाखामार्फत कारोबार गरिरहेका थिए । 

Read More
  • MBL - below news
  • EBL Ad news