मुक्तिनाथ विकास बैंक उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डबाट सम्मानित भएको छ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले हरेक वर्ष नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) प्रणाली अन्तर्गत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरूलाई प्रदान गर्दै आएको उक्त पुरस्कारबाट बैंकलाई सम्मान गरेको हो।
यो पुरस्कारबाट बैंक आर्थिक वर्ष २०७५/७६ , २०७६/७७ , २०७७/७८ र २०७८/७९ गरी लगातार चौथो पटक पुरस्कृत भएको हो।
आइक्यानले उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड विभिन्न ४ विधामा प्रस्तुत गरेको थियो।
विकास बैंक र वित्त कम्पनीहरूमध्येबाट मुक्तिनाथ विकास बैंकले वित्तीय क्षेत्र विधाको सर्वोकृष्ट पुरस्कार प्राप्त गरेको हो।









