राष्ट्रिय वाणिज्य बैंकद्वारा ११ वटा शाखा विस्तार


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
राष्ट्रिय वाणिज्य बैंकद्वारा ११ वटा शाखा विस्तार

राष्ट्रिय वाणिज्य बैंक(RBB) देशको विभिन्न स्थानमा ११ वटा शाखा कार्यालय विस्तार गरेको छ ।

सिरहा जिल्लास्थित शाखा कार्यालय गोलबजार, बैतडी जिल्लास्थित शाखा कार्यालय पाटन, दार्चुला जिल्लास्थित शाखा कार्यालय गोकुलेश्वर, मोरङ्ग जिल्लास्थित शाखा कार्यालय बिराटचोक, मकवानपुर जिल्लास्थित शाखा कार्यालय सानोपोखरा, ललितपुर जिल्लास्थित शाखा कार्यालय ग्वार्को तथा मंगलबजार, सुर्खेत जिल्लास्थित शाखा कार्यालय छिन्चु, कालिकोट जिल्लास्थित शाखा कार्यालय रास्कोट, दैलेख जिल्लास्थित शाखा कार्यालय राकम कर्णाली र स्याङजा जिल्लास्थित शाखा कार्यालय वालिङ्गको कारोबार शुभारम्भ गरिएको छ । यस पश्चात बैंकको देशभर २८२ वटा शाखा कार्यालय सञ्चालनमा आएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंंकले कर्णाली प्रदेशमा मात्र ३ वटा शाखा कार्यालय सहित शहरी क्षेत्रमा शाखा सञ्चालन गरी प्राथमिकताका साथ आम नागरिकमा आधुनिक बैंकिङ्ग सेवा प्रवाह गरिरहेको बताए ।

Read More
  • MBL - below news
  • EBL Ad news