एभरेष्ट बैंकद्वारा कारागार परिसरमा रहेको समता स्कुललाई आर्थिक सहयोग


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
एभरेष्ट बैंकद्वारा कारागार परिसरमा रहेको समता स्कुललाई आर्थिक सहयोग

एभरेष्ट बैंक लिमिटेडले विरगञ्ज कारागार परिसरमा रहेको समता स्कुललाई आर्थिक सहयोग  गरेको छ । बैंकले समता शैक्षिक गुठी नेपालले सञ्चालन गरिरहेको प्राथमिक तहको विद्यालयलाई भवनको मर्मत सम्भार तथा रंगरोगन प्रयोजनको लागि दुई आर्थिक सहयोग गरेको हो ।

 बैंकका मधेश प्रदेशका प्रादेशिक प्रबन्धक विभूति न्यौपानेले सो विद्यालयकी प्रधानाध्यापक अनामिका मिश्रालाई उल्लेखित रकमको चेक हस्तान्तरण गरेका छन् । यस बाट कैदीबन्दीका छोराछोरीहरुलाई विद्यालय शिक्षा हासिल गर्न र विद्यालयको पठनपाठनमा थप टेवा पुग्ने विश्वास लिएको बैंकले जनाएको छ। साथै प्रधानाध्यापक मिश्राले एभरेष्ट बैंकको सो सहयोगले कैदीबन्दीका छोराछोरीहरुको शिक्षादिक्षामा थप सहज हुने र सो विद्यालय विरगञ्ज क्षेत्रकै साझा सम्पती भएकाले सबैले यसलाई जगेर्ना गर्नु पर्ने कुरा उल्लेख गरे । 

Read More
  • MBL - below news
  • EBL Ad news