सम्पति शुद्दीकरण अनुसन्धान विभागले सप्तकोशी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत नविन सुवेदी विरुद्द विशेष अदालतमा मुद्दा दायर गरेको छ । सम्पत्ति शुद्धीकरणको कसूर गरेकोले उनी विरुद्द एक करोड अठार लाख सतहत्तर हजार सात सय रुपैया पैसठ्ठी पैसा बिगो मागदाबी गर्दै आज मुद्दा गरिएको विभागका सूचना अधिकारी ऋषिराम पोखरेलले जानकारी दिए ।
विभागले उनको छोराछोरीको नाममा रहेको सम्पति समेत जफत गर्न माग गरेको छ । सुवेदीले सम्पत्ति लुकाउन प्रयोग गरेका हरिकुमारी सुवेदी एवं वविता पोखरेल सुवेदी समेतलाई शुद्धीकरण गरिएको सम्पत्ति जफत प्रयोजनार्थ प्रतिवादी कायम गरी मुद्दा दायर गरिएको विभागले जनाएको छ ।