बैंकको ज्यादतीविरुद्ध सोमबार इटहरी बजार बन्द !


  • KBL News Ad
  • ADBL
  • City Express
बैंकको ज्यादतीविरुद्ध सोमबार इटहरी बजार बन्द !

काठमाडौं । बैंकको ज्यादतीविरुद्ध सोमबार इटहरी बजार बन्द गरिएको छ । ब्याज असुलीका क्रममा ग्लोबल आइएमई बैंकले हातहतियारसहित कर्मचारी खटाएर आतंकित बनाएको भन्दै व्यापारीहरुले इटहरी बजार बन्द गराएका हुन् ।

बजार बन्दका लागि उद्योग वाणिज्य संघले आह्वान गरेसँगै सोमबार बिहानैदेखि इटहरी बजार पूर्ण रुपमा बन्द छ ।

आन्दोलित व्यापारीका अनुसार बैंकले इटहरीको विराटनगर लाइनमा रहेको शुभलक्ष्मी ज्वैलर्समा कर्मचारी पठाएर आतंक मच्चाएको थियो । बैंकको ज्यादतीविरुद्ध बजार बन्दै गर्ने निर्णय अनुसार बजार बन्दको लागि आह्वान गर्दा बैंकले व्यापारीमाथि अभद्र व्यवहार गरेको व्यापारीहरुको आरोप रहेको छ ।

Read More
  • EBL Ad news