काठमाडौं । अन्तरराष्ट्रिय वित्त निगमद्वारा ग्लोबल आइएमई बैंक, कर्जा विभागमा कार्यरत करीब चार सयजना कर्मचारीलाई ‘वातावरण तथा सामाजिक जोखिम व्यवस्थापन’ विषयक तालीम सम्पन्न गरेको छ । उक्त तालीम बैंक र निगमको सहकार्यमा सम्पन्न भएको हो ।
कार्यक्रम विशेषगरी आईएफसी पर्फर्मेन्स स्ट्याण्डर्ड्स र असल वातावरण तथा सामाजिक जोखिम व्यवस्थापनमा केन्द्रित रहेको थियो । तालीमलाई आईएफसीका वातावरण तथा सामाजिक जोखिम विज्ञले सञ्चालन गरेका थिए ।