काठमाण्डौ । स्टक ब्रोकर एसोसिएशनका सदस्य समेत रहेका २९ वर्षीय सुमन गौतम स्टक ब्रोकर ओपल सेक्युरिटीज इन्भेस्टमेन्ट प्रालि, अर्थात ब्रोकर नम्बर ४ का एमडी हुन् । सूर्य लाइफ इन्स्योरेन्समा पब्लिक डाइरेक्टरको भूमिका समेत निर्वाह गरिसकेका उनको पुख्र्यौली घर स्याङ्जाको फेदीखोला गाउँपालिकामा हो भने हाल काठमाण्डौ–३ धापासीका बासिन्दा हुन् । इन्फ्रास्टक्चर युनिभर्सिटी क्वालालम्पुरको एमबीए दिक्षित उनले ब्रोकर पेशा सम्हालेको चाहिँ करिब डेढ वर्ष मात्र भयो ।
एसएलसी दिएर उच्च शिक्षाका लागि राजधानी छिरेका गौतमले पढ्दै होटल याक एण्ड यतिमा काम गर्थे । होटलका सेफ, मेनेजर, सुपरभाइजरहरुले आइपीओ भर्न लाइनमा पठाएका उनै गौतमलाई त्यहीँबाट सिनियरहरुले दोस्रो बजारमा सेयर खरिदबिक्रीको बिल भुक्तानी गर्न जाने र चेक लिएर आउँदा उनमा पनि सेयरबाट मनग्ये आम्दानी हुन्छ भन्ने लागेछ । अनि सेयरमा रस पस्दै जाँदा होटलको जागिर छोडेर आफूसँग भएको ३५ हजारबाट लगानी सुरु गरे ।








