रिलायवल नेपाल लायफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा संशोधन गरेको छ । कम्पनीले यस अघि प्रस्ताव गरेको प्रिमियम मूल्यमा संशोधन गरी नेपाल धितोपत्र बोर्डमा पुनः आवेदन दिएको हो ।
यस अघि कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा थप १२० रुपैयाँ प्रिमियम सहित प्रति कित्ता २२० रुपैयाँका दरले आईपीओ निष्काशन गर्न अनुमाति मागेको छ । तर कम्पनीले प्रिमियम मुल्यमा संशोधन गरी पुन बोर्डमा आवेदन दिएको छ ।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा थप १९९ रुपैयाँ प्रिमियम सहित प्रति कित्ता २९९ रुपैयाँका दरले दरले ३ अर्ब ५८ करोड ८० लाख रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गर्नेछ ।
हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ । सर्वसाधारणलाई आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ४ अर्ब पुग्नेछ । आईपीओ निष्काशन पश्चात पनि कम्पनीको न्युनतम चुक्ता पूँजी ५ अर्ब नपुग्ने देखिन्छ ।
नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार न्युनतम ५ अर्ब रुपैयाँ पूँजी पुर्याउन कम्पनीले बोनश तथा हकप्रद शेयर निष्काशन गर्ने जनाएको छ ।








