माछापुच्छ्रे बैंक र निजी क्षेत्रका विद्यालयहरूको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बीच वित्तीय र डिजिटल साक्षरता पहल सम्बन्धी सम्झौता भएको छ।
बैंकले आम जनमानसमा वित्तीय साक्षरता जगाउने उद्देश्यले प्याब्सनसँगको सहकार्यमा देशव्यापीरूपमा वित्तीय एवम् डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।








