ग्लोबल आइएमई बैंक 'इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३' बाट सम्मानित भएको छ ।
फिनाकल १० कोर बैंकिङको कार्यान्वयन पछि बैंकले ग्राहक केन्द्रित सेवाहरूमा नवीनतम सोचका साथ उत्कृष्ट प्राविधिक रूपान्तरण (डिजिटल ट्रान्सफरमेसन) गरेकोमा बैंकलाई ट्रान्सफरमेसन एक्सिलेन्स विधा अन्तर्गत सर्वाेत्कृष्ट घोषित गरिएको हो।
इन्फोसिस फिनाकल इनोभेसन अवार्ड बैंकिङ टेक्नोलोजी क्षेत्रको एक प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार हो।
नवीनतम ग्राहक केन्द्रित आविष्कारहरूको सर्जक बैंकहरूलाई प्राविधिक रूपान्तरण, यसको सही प्रयोग तथा टेक्नोलोजिमा सृजनशिलता जस्ता बुँदाहरूलाई आधार मानेर यो अवार्ड प्रदान गर्ने गरिएको बैंकको भनाइ छ।