काठमाडौं । यूनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको एफपीओ बिहीबार बिहान बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा बाँडफाँट गरिएको हो ।
लघुवित्तको एफपीओमा १३ लाख ५७ हजार १ सय ८० जनाले १ करोड ५४ लाख २७ हजार ५ सय ३० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये १ हजार ४ सय ९३ आवेदन रद्द भएको छ भने १३ लाख ५५ हजार ६ सय ८७ आवेदन स्वीकृत भएको छ।