फिनल्यान्डका मान्छेहरु किन सबैभन्दा खुशी ?


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
फिनल्यान्डका मान्छेहरु किन सबैभन्दा खुशी ?

हामी ऐश-आरम खोज्छौ, धनदौलत जोड्छौ, मिठो-मसिनो खान्छौं, चाडपर्व मनाउँछौं किन ? यी सबैबाट हामी ‘खुसी’ खोजिरहेका हुन्छौं । जीवनको सार नै खुसी हो । हामी जति खुसी रहन्छौं, उत्तिनै हाम्रो जीवन हो । रिस, आवेग, पीडा, भय, चिन्ता, दुःख, रोग जीवन होइन । उन्मुक्त, उमंगित र उत्साहित हुनु नै जीवनको असली स्वाद हो । अतः संसारमा सबैभन्दा खुसी को होलान् ?  विल गेट्स ? किनभने उनी सर्वाधिक धनाड्य हुन् नि त । लियोनल मेस्सी ? किनभने उनको विश्वभर ख्याती छ नि त । डोनाल्ड ट्रम्प ? किनभने उनी सर्वशक्तिमान छन् नि त । होइन, खुसीको ब्यारोमिटरले नाप्ने हो भने उनीहरु त्यती खुसी पक्कै छैनन्, जति हुनुपर्ने हो । सम्पन्नताले खुसी किन्दैन । ख्यातीले खुसी आर्जन गर्दैन । शक्तिले खुसी तान्दैन । खुसी त एक बटुवा पनि हुनसक्छ, चर्को घाम र अप्ठ्यारो बाटोमा दिनभर हिँडेर पिपलको छहारीमा आरमसाथ पल्टिएका छन् । खुसी त एक गरिब पनि हुनसक्छन्, जो दिनभरको प्रयासपछि जसोतसो एक छाक तातो भात खानका लागि बसेको छ ।

खुसी एक मानसिक अवस्था हो । र, खुसी कहाँबाट कसरी प्राप्त हुन्छ भन्ने कुरा उनको परिवार, समाज, संस्कार र मुलुकको अवस्थाबाट निर्भर हुन्छ । विश्वमा सबैभन्दा खुसी कहाँका व्यक्ति होलान् भनेर सोधीखोजी पनि हुनेगर्छ । संयुक्त राज्य अमेरिकाको ‘सस्टेनेबल डेभलपमेन्ट सोलुसन नेटवर्क’ले विश्वभरको सर्वेक्षणबाट ‘ह्याप्पिनेस रिपोर्ट’ सार्वजनिक गर्ने गर्छ । उक्त रिपोर्ट अनुसार विश्वको सवैभन्दा खुसी मुलुक फिनल्यान्ड हो । पछिल्लो दुई बर्षको रिपोर्टले फिनल्यान्डलाई खुसी मुलुकको पहिलो सूचीमा समेटेको छ ।

फिनल्यान्डका मान्छेहरु कसरी खुसी ?

स्वभाविक रुपमा प्रश्न उठ्छ कि फिनल्यान्डका मान्छेहरु कसरी खुसी होलान् ? किन उनीहरु खुसी भएका हुन् ? के कुराले उनीहरुलाई ढुक्क र प्रफुल्ल बनाएको छ ?

Read More
  • MBL