राष्ट्रिय बाणिज्य बैंकमा कर्मचारीले आन्दोलन थालेका छन्। माग सम्बोधन नभएपछि आन्दोलन गर्नुपरेको आन्दोलनरत कर्मचारीको सँस्था 'नेपाल राष्ट्रिय कर्मचारी संगठन' ले जनाएको छ।
पछिल्लो सात महिनादेखि आफुहरुको माग सम्बोधन नभएकाले आन्दोलन गर्नुपरेको नेकपा माओवादी केन्द्र निकट कर्मचारीको सँस्था 'नेपाल राष्ट्रिय कर्मचारी संगठन' का अध्यक्ष दिपेन्द्र कार्कीले बिजपाटीलाई बताए।
उनकाअनुसार पछिल्लो डेढ महिनादेखि माग पुरा होला भनेर बस्दा पनि मागको सम्बोधन नभएपछि आन्दोलन थालिएको हो। अहिलेलाई प्रमुख कार्यकारी अधिकृतको कार्यलयमा कालोपट्टी बानेर धर्ना दिने काम भएपनि माग सम्बोधन नभए कडा आन्दोलन गर्ने उनले बताए।







