पोखरा l ग्रीन डेभलपमेन्ट बैँकले पोखरा महानगरपालिका सहकार्यमा आधारित साझेदारी कार्यक्रम र युवा तथा साना व्यवसायी स्वरोजगार कोष बीच पोखरा महानगरपालिका भित्रका लक्षित समुदायका व्यक्तिहरुलाई धिता स्वरोजगार कर्जा उपलब्ध गराउने भएको छ । बैंक र महानगरको सम्झौता अनुसार कृषि, पशुजन्य, साना तथा सेवामुलक व्यवसाय संचालनका लागि प्रतिव्यक्ति दुई लाख रुपैयाँसम्म परियोजनाको आवश्यकता हेरीस्वरोजगार कर्जा उपलब्ध गराउने सम्झौता सम्पन्न भएको छ ।
एक कार्यक्रम बीच पोखरा महानगरपालिकाका मेयर श्री धनराज आचार्य र यस ग्रीन डेभलपमेन्ट बैँक लि. का प्रमुख कार्यकारी अधिकृत श्री हरि बहादुर बुढाथाकी बीच कर्जा लगानी संझौता सम्पन्न भएको छ ।
महानगरपालिकामा बसोवास गर्ने लक्षित समुदायका व्यत्तिहरुmलाई बिना धितो व्यक्तिगत एवम् सामुहिक जमानीमा वार्षिक ८% कर्जा व्याजदर रहने र कर्जा ग्राहीले नियमित रुपमा किस्ता चुक्ता गरेपछि बुझाएको व्याजको ६०% ले हुन आउने रकम सम्बन्धित ऋणीलाई अनुदान स्वरुप फिर्ता दिइने बैंकले जनाएको छ ।
पोखरा महानगरपालिकाका मेयर श्री धनराज आचार्यले बैँकबाट सर्वसुलभ रुपमा प्रदान गरिएको कर्जा लगानीले स्वरोजगार बन्न चाहने लक्षितसमुदायका युवा तथा साना व्यवसायीहरुलाई श्रम र सीपलाई उत्पादनमुलक कार्यमा लगाउन सहयोग गर्ने बताउनु भएको थियो । त्यस्तै आचार्यले स्थानिय श्रोत साधनको अधिकतम उपयोग गरी सामाजिक र आर्थिक रुपान्तरणमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
बैँकले विभिन्न समुदायलाई लक्षित युवा स्वरोजगार कार्यक्रमहरु संचालन गर्दै आफ्नो सामाजिक उत्तरदायीत्वको कामहरु अगाडी बढाउँदै आइरहेको छ ।








