नेपालीको खुसी सर्वेक्षण गर्दै सरकार


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
नेपालीको खुसी सर्वेक्षण गर्दै सरकार

सरकारले नेपालीहरुको खुसी सर्वेक्षण गर्ने भएको छ । समष्टिगत सुख सर्वेक्षण नाम दिएको उक्त सर्वेक्षणका आधारमा नेपालीहरुको सुख मापन गरिने तथ्याङ विभागका निर्देशक राजन सिलवालले बताए । ओली सरकारको ‘सुखी नेपाली समृद्ध नेपाल’ नारालाई आधारमा मानेर यो कार्यक्रम बनाइएको हो ।

आगामी आर्थिक वर्ष भित्र सर्वेक्षण सक्नेगरि तथ्याङक विभागले बजेट विनियोजन गरेको छ । ‘नयाँ आर्थिक वर्ष लागेपछि कसरी सर्वेक्षण गर्ने भन्ने वितृत विधि बनाइनेछ,’ सिलवालले भने, ‘त्यसका लागि बजेट विनियोजन भइसकेको छ, आर्थिक वर्ष २०७७/७८ मा यसको नतिजा सार्वजनिक गर्ने हाम्रो योजना छ ।’

Read More
  • MBL - below news
  • EBL Ad news