काठमाडौं : युनिक नेपाल लघुवित्तको थप सार्वजनिक निष्कासन (एफपीओ) मा १ अर्ब ६३ करोड ३ लाख २ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङका अनुसार आज अन्तिम दिन (जेठ १७ गते) सम्ममा कुल १४ लाख ४ हजार ७ जनाले १ करोड ६३ लाख ३ हजार २० कित्ताका लागि आवेदन दिएका हुन् ।
यो मागभन्दा ४२.९६ गुणा बढी आवेदन हो । यस लघुवित्तले जेठ ११ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ बिक्री खुला गरेको हो । यसको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।