सबै अर्बपतिहरु धनी परिवारमा जन्मेर सुखसयला हुर्केका हुँदैनन् । संसारमा यस्ता थुप्रै धनाढ्यहरु छन्, जसको बाल्यकाल गरिबीमा बित्यो । गरिबीसँग लड्दै आफ्नो जीवनस्तर उकासेर हाल अर्वपति बनेका यस्ता व्यक्तिहरु विश्वमै उदाहरणीय छन् । उनीहरुको संघर्षको कथा अनुशरणीय छन् । केही यस्तै अनुशरणीय व्यक्तिहरुको बारेमा यहाँ चर्चा गरिन्छः
ल्यारी एलिसन
सफ्वेयर डेभलपमेन्ट कम्पनी ओर्याकलका संस्थापक ल्यारी एलिसन एकल आमाका सन्तान हुन् । सिकागोमा अंकल र आन्टीसँग बसेर पढाइइ गरिरहेका एलिसनको आन्टीको मृत्युपछि पढाई छुट्यो । त्यसपछि आठ वर्ष उनले जे हातमा आउँछ त्यही काम गरेर जीवन चलाए । १९७७ मा ओर्याकलको स्थापना गरेपछि उनले पछाडी फर्केर हेर्नुपरेको छैन । उनीसँग ६०.२ विलियन डलर बरारबरको सम्पत्ति रहेको छ ।
सेल्डन एडेल्सन
ट्याक्सी चालकका छोरा सेल्डन एडेल्सनको जीवनको थुप्रै वर्ष भुईँमा सुतेर वित्यो । १२ वर्षको उमेरदेखि नै उनले पत्रिका बेच्ने काम सुरु गरे । पछि कलेजबाट निकालिएपछि उनले मेसिन बेच्ने, पत्रिकाको विज्ञापन बेच्ने, ससाना विजनेसमा लगानी गर्ने, व्यापारिक शोहरु होस्ट गर्ने लगायतका कामहरु गर्दै गए । आर्थिक मन्दीको समयमा एकैपटकमा उनको सबै कमाई गुम्यो । तर, उनले हार मानेनन् । त्यसको केही समयमा नै उनले त्यसको दोब्बर कमाई गरे । अहिले उनी लस भेगस स्यान्ड्स नामक संसारकै सबैभन्दा ठूलो क्यासिनो कम्पनी चलाउँछन् । उनको कुल सम्पत्ति ३८.१ विलियन बराबर रहेको छ ।
लि का-शिङ
१५ वर्षको उमेर पिता गुमाएपछि लि का-शिङले परिवारको जीवीका चलाउनका लागि पढाई छोड्नुपर्यो । परिवारको जिम्मेवारी बोधले उनलाई हौसला दियो । १९५० मा उनले च्युङ कङ इन्डस्ट्रीजको नामबाट आफ्नै कम्पनी खोले । यो कम्पनी पहिले प्लाष्टिक उत्पादन गर्ने काम गथ्र्यो । अहिले यो कम्पनी रियल स्टेट विजनेसका लागि प्रख्यात छ । लि का शिङ अहिले ३३.१ विलियन अमेरिकी डलर बराबरको सम्पत्तिका मालिक भइसकेका छन् ।
फ्रान्सिस पिनल्ट








