युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ ११ गते, बिहीबारदेखि थप सार्वजनिक निष्कानस (एफपीओ) निष्कासन गरेिरहेकाे छ । लघुवित्तले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित मूल्यका ३ लाख ७९ हजार ४२५ कित्ता साधारण सेयर एफपीओ मार्फत निष्कासन गरेकाे हो ।
सीडीएसका अनुसार आज मंगलबार साँझ ५ बजेसम्ममा कुल १२ लाख ८५ हजार २२६ जना लगानीकर्ताहरूले १ करोड ४९ लाख ६१ हजार ४२० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ३९.४३ गुणा बढी आवेदन हो ।