हिमालयन बैंकद्धारा चाइल्ड हेल्थलाई २० लाख आर्थिक सहयोग


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
हिमालयन बैंकद्धारा चाइल्ड हेल्थलाई २० लाख आर्थिक सहयोग

काठमाडौं । हिमालयन बैंक लिमिटेडले काठमाडौं इन्सटिच्यूट अफ चाइल्ड हेल्थलाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चाइल्ड हेल्थलाई  बाल अस्पताल निर्माण गर्नका लागि रुपैयाँ २० लाखको आर्थिक सहयोग प्रदान गरेको हो । 

सन् २०१७ सालमा स्थापना भएको काठमाडौं इन्सटिच्यूट अफ चाइल्ड हेल्थ, एक गैर नाफा मुलक संस्थाका रुपमा सबैका बाल–बच्चाहरुका लागि सुलभ मूल्यमा सहज ढङ्गले उच्च गुणस्तरको बाल स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ अग्रसर रहेको छ । सो संस्थाले दमकमा पनि बाल अस्पताल संचालनमा ल्याइ सेवा प्रदान गरेको छ । उक्त संस्थाको सत्कर्मलाई आत्मसाथ गर्दै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग प्रदान गरेको हो ।

Read More
  • MBL - below news
  • EBL Ad news