कहाँ राख्छन् बिल गेट्सले सम्पत्ति ? कहाँ कहाँ खर्चन्छन् पैसा ?


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
कहाँ राख्छन् बिल गेट्सले सम्पत्ति ? कहाँ कहाँ खर्चन्छन् पैसा ?

विश्वका धनाढ्य व्यक्तिहरु अरबौँ खरबौँको सम्पत्ति कहाँ राख्छन् होला ? यो सबैको कौतुहलताको विषय हो । धनाढ्यहरुको सूचिको टपमा थुप्रै वर्ष रहेर अहिले दोस्रो स्थानमा झरेका बिल गेट्सँग ९० विलियन अमेरिकी डलर सम्पत्ति छ । उनको कमाईको मूख्य स्रोत माइक्रोसफ्ट कम्पनी हो । उनी यस कम्पनीका सहसंस्थापक हुन् । २०१४ मा कम्पनीको अध्यक्षबाट राजीनामा नदिँदासम्म उनी त्यहाँका सबैभन्दा ठूलो व्यक्तिगत सेयरधनी थिए । अहिले पनि उनीसँग माइक्रोसफ्ट कम्पनी किन्न पुग्ने सम्पत्ति छ ।

संसारकै दोस्रो धनी बिल गेट्स आफ्नो सम्पत्ति कहाँ राख्छन् त ?

संस्थाहरुमा लगानी
बिल गेट्सको कुल सम्पत्तिको २० प्रतिशत माइक्रोसफ्ट कम्पनीमा छ । यसबाहेक उनले क्यासकेड इन्भेष्टमेन्ट्समार्फत थुप्रै कम्पनी र विजनेसमा लगानी गरेका छन् । क्यासकेटमार्फत उनले रिपब्लिक सर्भिसेज नामक फोहोर व्यवस्थापन कम्पनीमा दुई विलियन डलरको हाराहारीमा लगानी गरेका छन् । नेनल कार डिलरसिप फ्रान्चाइज अटोनेशनमा उनको ६८० मिलियन डलर लगानी छ । त्यस्तै, सरसफाइसम्बन्धी सामान बनाउने इकोल्याबमा पनि उनको लगानी छ । त्यस्तै, म्याकडोनाल्ड लगायतका चार वटा सिजन्स होटलमा उनको लगानी छ ।

Read More
  • MBL - below news
  • EBL Ad news