सिद्धार्थ बैंकले इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी) बाट ५ करोड ५० लाख अमेरिकी डलर ऋण लिने भएको छ । सिद्घार्थ बैंक र विश्व बैंक समूह अन्तर्गतको आईएफसीबीच नेपालका लघु, साना तथा मझौला उद्यमीहरुको व्यवसायमा र जलवायु वित्तपोषणमा लगानी गर्ने सम्झौता भएको हो ।
जस अन्तर्गत इन्टरनेशनल फाइनान्स कर्पोरेशनले सिद्धार्थ बैंकलाई ५ करोड ५० लाख अमेरिकि डलर ऋण प्रदान गर्नेछ । बैंकलाई प्रदान गरिने सो ऋण रकम आईएफसीले नेपाली बैंकलाई हालसम्म प्रदान गरेको सबैभन्दा बढी ऋण रकम भएको सिद्धार्थले जनाएको छ ।







