राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय रुकुम पूर्वले जिल्लामा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । नयाँ जिल्लामा भर्खरै मात्र स्थापना भएको बैंकको शाखाले सरोकारवाला समुदायलाई लक्षित गरी साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।
बैंकिङ पहुँच बाहिर रहेका तथा बैंकिङ सेवा सुविधाका बारेमा थाहा नभएका सर्वसाधारणलाई वित्तीय साक्षरता अभिवृद्धि गरी सरकारले सुरु गरेको हरेक नागरिकको बैंक खाता सञ्चालन गर्ने नीतिलाई सघाउ पु¥याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बैंक शाखा प्रवन्धक तेजप्रसाद आचार्यले बताए । कार्यक्रमका सहभागीहरूले राष्ट्रिय वाणिज्य बैंकले आयोजना गरेको वित्तीय सारक्षरता कार्यक्रमले बैंक तथा वित्तीय संस्थाको आवश्यकता र औचित्यबारेमा जानकारी प्रदान गरेकोमा बैंक प्रतिआभार व्यक्त गरेका थिए ।








