काठमाडौँ — इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाबाहेक अरूले बैंकिङ तथा वित्तीय कारोबार नगर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकबाट अनुमति नलिएका गैरवित्तीय संस्थाले सस्तो ब्याजदरमा ऋण प्रवाह दिने भन्दै प्रचारप्रसार गर्न थालेपछि राष्ट्र बैंकले बिहीबार सूचना जारी गर्दै निर्देशन दिएको हो । केही संस्थाले विज्ञापन गरी क्यासिनो, होटल, रिसोर्ट, अस्पताल, स्कुल, कलेज आदिका लागि सस्तो ब्याजदरमा आवधिक ऋण (टर्म लोन) प्रवाह गरिने बताएका थिए ।








