स्मार्टच्वाइस टेक्नोलोजिज र मुक्तिनाथ विकास बैंकबीच डेबिट कार्ड सेवा संचालनका लागि सम्झौता


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
स्मार्टच्वाइस टेक्नोलोजिज र मुक्तिनाथ विकास बैंकबीच डेबिट कार्ड सेवा संचालनका लागि सम्झौता

स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) र मुक्तिनाथ विकास बैंक बिच SCT-UPI डेबिट कार्ड सेवा संचालनको लागि सम्झौता सम्पन्न भएको छ। सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र मुक्तिनाथ विकास बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्गले हस्ताक्षर गरेका हुन् ।

बिगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र राष्ट्रिय स्तरमा ग्राहक मैत्री वित्तीय सेवा प्रदान गर्दै आईरहेको मुक्तिनाथ विकास बैंक बिच भएको यो सम्झौताले नेपालको समग्र डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने विश्वास गरिएको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad