काठमाडौं । धेरै वर्षपछि राष्ट्रिय बीमा कम्पनीले आफ्नो वार्षिक साधारणसभा आह्वान गरेको छ ।  
कमपनीको बैशाख २१ गते बसेको सञ्चालक समितिको बैठकले जेठ ३१ गते काठमाडौैमा बिहान ११ बजे वार्षिक साधारणसभा शुरु गर्ने कम्पनीले जानकारी दिएको हो । 
 साबिक राष्ट्रिय बीमा संस्थान र निर्जीवन बीमा विभागको ३१ औँ बार्षिक साधारण सभा र राष्ट्रिय बीमा कम्पनीको प्रथम वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।
सभाले साबिक राष्ट्रिय बीमा संस्थान र निर्जीवन बीमा विभागको आर्थिक वर्ष २०६८/६९, २०६९/७० र २०७०/७१को गरी ३ वर्षको र राष्ट्रिय बीमा कम्पनीको आर्थिक वर्ष २०७०/७१, २०७१/७२ र २०७२/७३को लेखापरीक्षकको प्रतिवेदन सहितको असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित गर्नेछ । ...

 
                                    





