हिमालयन बैंकले नशा रहित समाजलाई गर्‍यो आर्थिक सहयोग


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
हिमालयन बैंकले नशा रहित समाजलाई गर्‍यो आर्थिक सहयोग

हिमालयन बैंकले ललितपुरस्थित नशा रहित समाज नेपाल (उपचार केन्द्र) लाई बहुद्देश्यीय हल निर्माणका लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त संस्थालाई शुक्रबार आर्थिक सहयोग गरेको हो।

हाल देशका युवाहरू रक्सी तथा विभिन्न लागु पदार्थको कुलतमा फसेको पाइन्छ। यति मात्र नभइ यस कुलतले उनीहरूलाई समाजमा विभिन्न अपराधहरूमा पनि फसाइरहेको अवस्था छ। 

यस्तै, समस्यालाई समाजबाट हटाउन उक्त संस्थाले स्थापनाकालदेखि नै रक्सी तथा लागु पदार्थ सेवन गर्दै आएका विभिन्न उमेर समूहकाहरूलाई यस कुलतबाट छुट्कारा दिलाउन मद्दत गर्दै आएको छ। 

Read More
  • MBL - below news
  • EBL Ad news