काठमाडौं  : एक आपसमा मर्ज हुन थालेका गुराँस लाइफ, यूनियन लाइफ र प्राइम लाइफ इन्सुरेन्सको आज  (वैशाख ६ गते) साधारण सभा बस्दैछ । जसमा यूनियन लाइफ र प्राइम लाइफको विशेष साधारण सभा हो भने गुराँस लाइफको वार्षिक साधारण सभा बस्दैछ । गुराँस लाइफको सभा कम्पनीको प्रधान कार्यालय, राज भवन, तीनकुने, काठमाडौंमा बिहान १०ः३० बजे भिडियो कन्फ्रेन्स माध्यमबाट सुरु हुनेछ । यसले सेयरधनीलाई १३.२७% बोनस सेयर वितरण प्रस्ताव पेश गर्नेछ । 
 
प्राइम लाइफ इन्सुरेन्सको विशेष साधारण सभा अग्रवाल सेवा केन्द्र, कमलपोखरी काठमाडौंमा बिहान १०.३० बजेबाट सुरु हुनेछ । यस्तै, युनियन लाइफ इन्सुरेन्सको विशेष साधारण सभा, टाइगर प्यालेस रिसोर्ट, भैरहवा, रुपन्देहीमा बिहान १०.३० बजेबाट सुरु हुनेछ । तीनवटै कम्पनीको सभामा १ः१ अनुपातमा मर्ज हुने प्रस्ताव रहेको छ । यस्तै, तीन कम्पनी एक भएपछि हिमालयन लाइफ इन्सुरेन्सको नामबाट कारोबार सुरु गर्ने प्रस्ताव पनि छ

 
                                    





