एनआईसी एशिया बैंक(NICA) ले ललितपुर, गोदावरी नगरपालिकाको गोदामचौरमा एक्टेन्सन काउन्टर विस्तार गरेको छ । बैंकको चापागाउँ शाखा अन्तरगत तेस्रो एक्टेन्सन काउन्टरको रुपमा विस्तार भएको हो ।
गोदावरी नगरपालिका वडा नम्बर १ का प्रमुख श्रीराज थापा उपस्थितिमा एक्टेन्सन काउन्टर शुरूवात भएकाे हाे ।
काउन्टर विस्तार कार्यक्रममा बैंकका बागमति प्रदेशका अपरेशन विभागका प्रमुख रूपा श्रेष्ठ, प्रदेशका अपरेशन विभागका उप प्रमुख श्रीराम आचार्य, बैंकको गोदावरी किटिनी शाखाका प्रमुख श्रीकृष्ण थिमी उपस्थित रहेका थिए ।
यससँगै बैंकको एक्टेन्सन काउन्टर १०८ वटा पुगेको चापागाँउ शाखाका प्रमुख हिरा बहादुर तामाङले जानकारी गराए । हाल बैंकको ३५९ वटा शाखा कार्यालयहरु रहेका छन् ।








