काठमाडौँ / सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशमा आफ्नै नवनिर्मित अत्याधुनिक भवनको मंगलबार समुद्घाटन गरेको छ । एक कार्यक्रमका बीच बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाले भवनको समुद्घाटन गरे ।
उक्त कार्यक्रममा सञ्चालक समितिका सम्पूर्ण सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत एवं उच्च पदस्थ अधिकारीहरू तथा विभिन्न सङ्घसंस्थाका प्रमुख एवम् प्रतिष्ठित उद्योगी, व्यापारी समूहरुको उल्लेख्य उपस्थिति रहेको थियो।








