मर्जमा जान लागेका गुराँस लाइफ र प्राइम लाइफका कर्मचारीले राखे ७ बुँदे माग


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
मर्जमा जान लागेका गुराँस लाइफ र प्राइम लाइफका कर्मचारीले राखे ७ बुँदे माग

गुराँस लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्सका कर्मचारीहरुले आफुहरुसँग छलफल र सहमति गरेर मात्र कर्मचारी व्यवस्था प्रक्रिया टुंगो लगाउन माग गरेका छन् । प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज हुँदै छन् । 

मर्जर प्रक्रिया अन्तर्गत कर्मचारीसँग सरोकार राख्ने विषयमा कर्मचारी संघसँग छलफल र सहमति गरेर  मात्र मर्जर प्रक्रियालाई अन्तिम रुप दिन गुराँस लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्सका कर्मचारीहरुले माग गरेका हुन् । गुराँस लाइफ इन्स्योरेन्स कर्मचारी संघ र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी कर्मचारी संघले आज संयुक्त मर्जर समितिलाई यसबारे ध्यानाकर्षण पत्र  बुझाएको हो । 

Read More
  • EBL Ad news