सोमबार २२ अर्ब १० करोड बराबरको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक


  • KBL News Ad
  • ADBL
  • City Express
सोमबार २२ अर्ब १० करोड बराबरको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार २२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको छ । बैंकले २८ दिन अवधिको ५ अर्ब, ९१ दिन अवधिको ११ अर्ब ५० करोड २५ लाख रुपैयाँ, १८२ दिन अवधिको ६० करोड रुपैयाँ र ३६४ दिन अवधिको ५ अर्ब रुपैयाँ गरी कुल २२ अर्ब १० करोड २५ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी २०८० बैशाख १२ गते, ९१ दिन अवधिको ट्रेजरी २०८० असार १२ गते, १८२ दिन अवधिको २०८० असोज ९ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८० चैत १३ गते  परिपक्व हुनेछ ।

Read More
  • EBL Ad news